काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोजेको छ ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो ।
शोभा पाठकले साइबर ब्युरोमा निवेदन दर्ता गरेकी थिइन् । उक्त निवेदनमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जीका लागि मंगलबार पेश गरेको थियो ।







