२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न विपद् व्यवस्थापन प्राधिकरणको अनुरोध

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । 

आज सिंहदरवारमा बसेको ‘क्लस्टर र को-लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्ने गरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को-लिड्स’ निकायलाई आग्रह गरे ।

सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । असोज १७ देखि २० गतेसम्म परेको वर्षाका कारण उत्पन्न विपदबाट जनधनको बढी क्षति भएका जिल्लामा राहत व्यवस्थापनलगायत विषयमा आज ‘क्लस्टर लिड्स’ रहेका संघीय मन्त्रालय र प्राधिकरणको सभाहलमा बैठक बसेको हो । 

बैठकमा ११ वटै क्लस्टरका ‘लिड्स’ र ‘को-लिड्स’ले राहत व्यवस्थापनका लागि आआफ्नो निकायको सामर्थ्य एवं विपद् प्रभावित क्षेत्रमा ती निकायबाट भइरहेका राहतका कामका बारेमा जानकारी गराएका थिए ।   

उक्त क्लस्टरले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुन:लाभसम्मका लागि काम गर्नेछन् । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुन:लाभ र आपत्कालीन सञ्चार पर्दछन् ।