२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिको मूल आधार पर्यटन: सचिव मैनाली

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताएका छन् । 

नेपाल पर्वतारोहण संघको ३५औँ वार्षिक साधारण सभामा उनले वर्तमान सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने स्पष्ट पारे ।

सचिव मैनालीले नेपाल पर्वतारोहणको दृष्टिकोणले असाध्यै सम्भावनायुक्त मुलुक रहेकाले विश्वभर प्रवर्द्धन गरेमा मुलुकले यथोचित लाभ लिने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ ।”

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले अथाह पर्यटकीय सम्भावनायुक्त नेपालको पर्वतारोहण क्षेत्रको विकास र प्रवर्द्धनका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै हिमाली पर्यटन र सभ्यताको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेकोमा जोड दिए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटनको दिगो विकासका लागि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा पर्यटन क्षेत्रका अगुवा संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक रहेको उल्लेख गरेका छन् ।