२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्यामशिलामा स्वास्थ्य चौकी सञ्चालन

अ+ अ-

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ ।

पहिले सामान्य उपचारका लागि पनि श्यामशिला र वरपरका नागरिकलाई घण्टौँ पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र यातायातको असुविधाका कारण साधारण ज्वरो, पेट दुखाइकोसमेत औषधि नपाउँदा यहाँका नागरिकले समस्या भोग्दै आएका थिए । तर अहिले भने गाउँमै स्वास्थ्य चौकी सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध भएको छ ।

श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडा कार्यालयको सक्रियतामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । “पहिले सिटामोल, जीवनजलजस्ता सामान्य औषधि पाउन पनि अप्ठ्यारो हुन्थ्यो” वडाध्यक्ष तामाङले भने, “स्थानीयको सहजताको लागि सुविधा सम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गरिरहेका छौँ । अहिले सामान्य उपचार गाउँमै पाउने वातावरण बनेको छ ।” 

स्वास्थ्य चौकीमा आवश्यक उपकरण र आधारभूत स्वास्थ्य सेवाका सुविधा उपलब्ध छन् । यहाँ स्वास्थ्य चौकी सञ्चालन भएपछि श्यामशिला मात्र नभएर तिलाहार, भिरकोट, आमतेकलगायत आसपास बस्तीका नागरिकलाईसमेत प्रत्यक्ष लाभ पुगेको छ । 

स्थानीयवासीका अनुसार स्वास्थ्य चौकीको स्थापना यहाँका बासिन्दाको लामो समयदेखिको माग थियो । गाउँमा स्वास्थ्य सेवा उपलब्ध भएपछि गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीलाई समयमै उपचार पाउन सहज भएको स्थानीयबासी पासाङदिकी शेर्पाले बताए ।

स्वास्थ्य चौकी सञ्चालनपछि जनचेतना कार्यक्रम, औषधि वितरण र नियमित स्वास्थ्य परीक्षणको लागि सहजता भएको उहाँको भनाइ छ । नागरिकलाई सहज स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक संरचना निर्माणसँगै सेवालाई जनतस्तरसम्म पुर्‍याउन जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।