२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा आजदेखि हैजाको खोप दिइने

अ+ अ-

पर्सा । पर्साका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए ।

स्वास्थ्य कार्यालय पर्साले शनिवार आयोजित हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्ला स्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा असोज २६ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जय मोद ठाकुरले आजदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। “यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको सङ्क्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनाएको छ । यो अभियानमा एक वर्ष भन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्य स्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एक पटक खोप दिइनेछ ।

यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको  उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।

जनस्वास्थ्य अधिकृत ठाकुरले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीसहित सर्वसाधारणका लागि खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार पर्सामा छ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ ।