२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन  

अ+ अ-

काठमाडौँ। जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् ।

दीपक साहको नेतृत्वमा राजस्व पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सिके राउत नेतृत्वको जनमतमा साह उपाध्यक्ष थिए । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य लागेको बताइएको छ ।

‘५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको छ,’ एक नेताले भने, ‘आज निवेदन दिएका छौँ । बाँकी प्रक्रियामा भइरहेको छ ।’

नयाँ पार्टीमा ई।सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साह लगायत लागेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले नेताहरूलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टीकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरू संगठित भएर नयाँ दल खोलेका हुन् ।