२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट, एक चीन नीतिप्रति नेपालको दृढ समर्थन 

अ+ अ-

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट सम्पन्न भएको छ।

भेटका क्रममा मन्त्री अर्यालले नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ र अविचलित प्रतिबद्धता दोहोर्‍याउँदै, चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि नेपालको भूमिबाट हुन नदिइने स्पष्ट रूपमा उल्लेख गरे । 

मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र नेपाल–चीनबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको प्रशंसा गर्दै दुवै देशबीचको मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरे ।

उनले व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटनलगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नेपालको प्रतिबद्धता पनि व्यक्त गरे।

भेटका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा समेत दुवै पक्षबीच विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।