२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिनको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त, भने-‘कूटनीतिक पहल भए पनि परिणाम दुःखद आयो’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दुःख व्यक्त गरेका छन् ।

जोशीको निधनले अत्यन्त दुस्खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको छ ।’

अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।

सभामुख घिमिरेले आफूले विगतमा जोशीको रक्षार्थ पहल गरेको स्मरण गर्दै कूटनीतिक पहल भए पनि परिणाम दुःखद आएको बताएका उनको सचिवालयले जनाएको छ ।

‘विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्दै  विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । सभामुखको तर्फबाट पनि विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ,’ सभामुख घिमिरेले भने ।

देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कन सपना बोकेका युवाको असामयिक बिदाइ हृदयविदारक रहेको भन्दै सभामुख घिमिरे जोशी परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

साथै उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले आगामी दिनमा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।