२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट मेडिकल कलेजमा रगत अभाव

अ+ अ-

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलमा केही दिनदेखि रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका, तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन् ।

दसैँपछि सबै समूहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इञ्चार्ज प्रवीण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलमा रगतको अभाव सिर्जना भएको उनको भनाइ छ ।

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरू भएकाले टाढा टाढाबाट बिरामीहरू आउने हुँदा रगतको माग पनि उच्च रहेको दाहालले बताए । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ । 

विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इञ्चार्ज दाहालको भनाइ छ । रगतको अभाव भएपछि रगत दिनुपर्ने अवस्थाका बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनुपर्छ भनेपछि उनीहरूसम्बन्धित समूहको रगत खोजीमा भौतारिनुपर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था छ ।

विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा कमी हुँदा समस्या भएको ब्लड बैंकका इञ्चार्ज दाहालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गरिरहेका छन् ।

उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घरोगी र नियमित रगत आवश्यक पर्ने बिरामीलाई असर परिरहेकाले संघसंस्थाले रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।