२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ।

बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए।

उनले भने, ‘यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो। यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ। सबै दलहरूको आआफ्नै निर्णय छन्। त्यसैको आधारमा अघि बढ्छौँ।’

उनले संसद् पुनर्स्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए।

काँग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटन असंवैधानिक रहेको पार्टीले ठहर गरिसकेको बताए।

उनले भने, हामीले पार्टीको तर्फबाट एउटा निर्णय गरिसकेका छौँ। तर, लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पनि पछि हट्दैनौँ। यसबारे सर्वोच्च अदालतले नै अन्तिम व्याख्या गर्ने हो। जे फैसला गर्छ त्यसलाई सम्मान गरेर जान्छौँ।’

सर्वोच्चले निर्वाचन हुने फैसला गरे पनि आफ्नो दल तयार रहेको बताए।

यस्तै, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए। संसद् विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी जेनजीको माग पूरा गर्न सक्ने भए पनि विघटन गरेकाले अब सम्भव नभएको बताए।

सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत उनको जिकिर छ।