काठमाडौँ। पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।
दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
जनमतका तत्कालीन उपाध्यक्ष दीपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात् १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।







