२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न

अ+ अ-

धरान (सुनसरी) । नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुन:स्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए।

उनले भने, “सेनाले केवल राष्ट्रिय सुरक्षा र सीमाको रक्षामात्र होइन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।”

उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्ठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

चारदिने अभिमुखीकरण तालिममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्यलगायतका क्षेत्रमा नेपाली सेनाले पुर्‍याउँदै आएको भूमिकाका विषयमा जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाली सेनाका विभिन्न कार्यक्रम तथा गतिविधिलगायतका विषयलाई प्रचारप्रसार गर्न सहयोग पुर्‍याएको भन्दै १३ वटा सामुदायिक रेडियो स्टेसनहरूलाई सम्मान गरिएको थियो ।