२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि र छविका फाइल एकैसाथ पेस गर्न अदालतको आदेश

अ+ अ-

रुपन्देही । सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र सहअभियुक्त छविलाल जोशी दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको छ ।

यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । 

बिहीबार न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासमा परेको लामिछानेको मुद्दामा सुनुवाइपछि अदालतले जोशीको मुद्दासमेत एउटै प्रकृतिको भएकाले दुवै फाइल एकसाथ राख्न आदेश गरेको अदालतले जनाएको छ । 

जोशीले पनि बिगोअनुसारको रकम बुझाएर कारागारबाहिरै रहेर पुर्पक्षका लागि माग गरेकामा जिल्ला अदालतले अस्वीकार गरेपछि उच्च अदालतमा निवेदन दिएका थिए । यसअघि लामिछानेको माग पनि जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले सहकारीमा देखिएको अपचलनमा आफूको भागबराबरको बिगो रकम दाखिला गरी रिहा गर्न माग गरेका थिए । उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित निवेदन पेस गरेका थिए । तर जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उक्त माग अस्वीकार गरेको थियो ।