काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले आज पोखरास्थित पश्चिम पृतना मुख्यालय र त्यसअन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा प्रधान सेनापतिले पृतना र सम्बन्धित युनिटहरूले निर्वाह गर्दै आएका जिम्मेवारी र क्षेत्रगत अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन् । साथै, उनले त्यहाँ कार्यरत सम्पूर्ण सकलदर्जालाई सम्बोधन गर्दै कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक, अनुशासित र प्रतिबद्ध भएर रहन आग्रह गरेका छन् ।
उनले आजै पोखरा स्थित सैनिक अस्पतालको पनि निरीक्षण गरेको जनाइएको छ। अस्पतालको सेवा–सुविधा र स्वास्थ्य व्यवस्थाबारे जानकारी लिँदै उनले सेनाका स्वास्थ्य सेवा प्रवाहमा निरन्तर सुधार र जनहितमुखी कार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।








