२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ । 

काँग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।

यही असोज २८ गतेदेखि जारी बैठकमा पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलगायत विविध विषयमा विशेष सम्बोधन गरेका थिए । उनले विधानअनुसार पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आग्रह गर्दै आफूले वैधानिक व्यवस्था र राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनमा विधिवत् नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए ।

साथै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेका थिए । उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुने धारणासमेत राखेका थिए ।

बैठकको दोस्रो दिन (असोज ३० गते) कावा सभापति खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उनले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थियो भने महामन्त्री गगनकुमार थापाले विभिन्न १० प्रस्तावहरू प्रस्तुत गरेका थिए। 

दोस्रो दिनको बैठकमा नेता डा. शेखर कोइरालासहित सात केन्द्रीय सदस्यले धारणा राख्नुभएको थियो । काँग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रमुख प्रतिस्पर्धी नेता डा. कोइरालाले वर्तमान सरकारद्वारा घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। साथै उनले जनताको घरदैलोमा पुग्ने निर्वाचनको अवसरलाई काँग्रेसले उत्साहपूर्वक अग्रपङ्क्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरेको थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने र विधानअनुसार नियमित महाधिवेशन गर्नुपर्ने विषयमा आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । त्यस्तै निर्वाचनका सन्दर्भमा पनि सरकारले सुरक्षाको वातावरण बनाएमा निर्वाचनमा जानुपर्ने, प्रतिनिधि सभा पुन:स्थापनामा लाग्नुपर्ने, सर्वोच्च अदालतको व्याख्याअनुसार अघि बढ्नुपर्नेलगायत फरक फरक विषयमा छलफल जारी रहेको नेता अर्जुनप्रसाद जोशीले जानकारी दिए ।  

आज तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र प्रदेश सभापति गरी २५ जनाले आ–आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले आ-आफ्ना धारणा व्यक्त गरेका छन्।

नेता बडूले पार्टी विधानअनुसार आगामी मङ्सिरभित्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न सर्वसम्मत कार्यतालिका पारित गरी अघि बढ्न आग्रह गरे । उनले अन्य पार्टीहरूलाई यथासमयमा रूपान्तरणसहित पूर्ण तयारी एवं स्पष्ट चुनावी एजेन्डासहित नयाँ, स्वच्छ र सक्षम नेतृत्वका साथ निर्वाचनमा प्रतिस्पर्धाका लागि लाग्नुपर्ने धारणा राखेको जानकारी गराए । 

आज आमन्त्रित सदस्य नारायणी रायमाझी तथा आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितज)ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राखेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा विभिन्न १० वटा प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताए ।