२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका ५ ठाउँमा थप २ महिना विरोधका कार्यक्रम गर्न रोक

अ+ अ-

काठमाडौँ । काठमाडौँका मुख्य ५ ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलीदेखि थप २ महिनासम्म लागु हुने गरी विभिन्न पाँच ठाउँमा विरोधका कार्यक्रम गर्न बन्देज लगाएको हो । यसअघि पनि यी ठाउँमा विरोध गर्न प्रशासनले रोक लगाएको थियो ।

आज प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा थप २ महिनासम्म राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, सिंहदरबार र अन्य संवेदनशील क्षेत्रमा भेला, जुलुस, धर्ना तथा प्रदर्शन गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी सिडिओ पौडेलले मुख्य प्रशासनिक केन्द्र, अति विशिष्ट व्यक्तिहरूको निवास तथा त्यस वरपरका क्षेत्रमा हुन सक्ने धर्ना, घेराउ, जुलुस जस्ता गतिविधिले शान्ति सुरक्षामा गम्भीर असर पर्ने, सार्वजनिक सेवा प्रवाह र यातायात अवरुद्ध हुने तथा अन्तर्राष्ट्रिय चासो र मामिलामा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले यस्तो निर्णय लिइएको जनाएका छन् ।

आदेशको अवज्ञा गरी तोकिएको क्षेत्रमा प्रदर्शन गरिएमा र त्यसबाट कुनै सरकारी वा व्यक्तिगत सम्पत्तिमा नोक्सानी भएमा त्यसको क्षतिपूर्ति आयोजकबाटै असुलउपर गरिने चेतावनीसमेत दिइएको छ ।

विरोध प्रदर्शनका लागि निषेध गरिएका ठाउँहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरवार, नारायणहिटी दरबार सङ्ग्रहालय तथा आसपासका क्षेत्र छन् ।