२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीसँग भेटेर निर्माण व्यवसायीद्वारा शान्ति सुरक्षाको माग

अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमूलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ ।

निर्माणजन्य कार्यमा असुरक्षाको महसुस हुने वातावरण भएको भन्दै व्यवसायीहरूले ढुक्कसँग काम गर्न सक्ने वातावरण मिलाउन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तीव्रता दिन लागिएको र उश्रृङ्खल तत्त्वबाट बाधा अड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभूति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

‘दीपावलीपछि निर्माणको काम तीव्रता दिँदै छौँ । उश्रृंखल तत्त्वबाट अवरोध खडा गर्न सक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ । हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनपर्‍यो भनेर गृहमन्त्रीसँग माग गरेका छौँ । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभूति हुने गरी दिलाउने बताउनु भयो,’ उनले भने ।

अध्यक्ष सिंहका अनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताए । व्यवसायीहरूले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए ।