काठमाडौँ । लोक सेवा आयोगले नेपाल बैंक लिमिटेडको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत नेपाल बैंक लिमिटेडको विभिन्न पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर १४ र १५/०८१-८२ (आ.प्र.), तह ९ र ८, वरिष्ठ प्रबन्धक र प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।









