काठमाडौँ । भदौ २४ गते भएको प्रदर्शनका क्रममा दाङ र कास्की कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा दाङ तुलसीपुरस्थित कारागारबाट भागेका सल्यानको बाग्चौर नगरपालिका-८ गैरीगाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की कारागारबाट फरार भएका सल्यान कपुरकोट गाउँपालिका ३ लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरू दुवै जना जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै आएका थिए ।







