२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोधारा चाँदनीमा एक लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

अ+ अ-

काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बजार क्षेत्रमा प्रहरीले रु एक लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा तीनवटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निमन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ । 

चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ । 

जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा 

आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार  बिहान करिब ४:०० बजे बेल्डाडी गाउँपालिका-२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूबाट रु २७ हजार आठ सय ६५ नगद रकम बरामद गरेको छ । 

त्यसैगरी, आजै बेदकोट नगरपालिका-३ दैजीस्थित योगसिंह मालीको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी पोस्ट दैजीबाट खटिएको टोलीले छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूबाट रु ५१ हजार २६० नगद रकम बरामद गरेको छ ।