काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका-४ पश्चिम लच्का नजिक लोक मार्गमा यात्रुवाहक बसमा आगलागी भएको छ ।
बुधबार बिहान गुड्दै गरेको यात्रुवाहक बसमा आगलागी भएको हो।
काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीका अनुसार बिहान ७:२० बजे लागेको आगो ८:१५ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।







