२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नेपाली ऋणमुक्त बन्न सकुन् भन्दै नेपाल संवतमा सभामुखले दिए शुभकामना

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरुरी देखिएको बताएका छन् ।

नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन साझा सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्य भए मुलुकलाई नयाँ गति दिन सकिने उनको विश्वास छ । ‘युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरुरी देखिएको छ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु ।’

नेपाल संवत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिहरूको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने उनको शुभकामना छ ।

सभामुख घिमिरेका अनुसार नेपाल संवत् नेपालको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो । राष्ट्रिय विभूति शंखधर साख्वास्ले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गरेको ऐतिहासिक सम्झनामा नेपाल संवत् मनाउने गरिएको छ ।

सभामुख घिमिरेले सबै नेपालीलाई ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर हुन सकुन भन्ने समेत शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा लेखेका छन्, ‘नेपाल संवतको अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गर्दछु ।’

नेपालको मौलिक इतिहास बोकेको यो संवतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने पनि सभामुख घिमिरेको कामना छ ।