काठमाडौँ। उद्योग विभागमा जेनजी आन्दोलनपछि रोकिएको औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाहरूको सुनुवाइ ११ कात्तिकबाट सुचारु हुने भएको छ।
विभागका अनुसार पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ कात्तिकबाट पेशी सुचीमा राख्ने निर्णय भएको छ। त्यसपछि सोमबारबाट बिहीबारसम्म नियमित इजलास सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
२४ भदौको आगजनीबाट विभागमा क्षति पुगेको थियो। त्यसपछि विभागले अधिकांश सेवाहरू २१ असोजबाट सुचारु भएका छन्।
औद्योगिक सम्पत्तिको मुद्दाको सुनुवाइ भने सुचारु हुन सकेको छैन।







