२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको आरोप : ‘गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् ।

बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलनको क्रममा आपराधिक कार्यमा संलग्नहरूलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ ।

‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुष्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुष्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेनजी आन्दोलनकारीबाट आफैँमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्धत छ ।’

उनले सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुष्मनी साँधिरहेको आरोप लगाए ।

सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो आपराधिक क्रियाकलापमा संलग्नहरू विदेशका नभई यही वरपरका थिए,’ ओलीले भने, ‘अहिले पक्राउ गर्न सरकार तयार छैन । झन् पक्राउ परेकाहरूलाई पनि छोडिरहेको छ । उनीहरू कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन ।’

जेनजी पुस्ताका अगुवाहरूमार्फत आफैँमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनसाय सरकारमा रहेको उनको आशंका छ ।