२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्रको पृष्ठभूमि विवादित, सुर्खेत अदालतबाट जारी भएको थियो पक्राउ पुर्जी

अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारको विगत विवादास्पद रहेको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम अनुसार उनीविरुद्धको मुद्दामा कैद भुक्तान गर्न बाँकी अभियोग रहेको पाइएको छ। प्रहरी प्रधान कार्यालयको चालचलन शाखा स्रोतका अनुसार सुनार फरार अभियुक्तको रूपमा सूचीकृत छन्।

सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको पाइएको छ। सो पुर्जीमा सुनारलाई “फरार अभियुक्त” का रूपमा अदालतमा उपस्थित गराउन आदेश दिइएको उल्लेख छ।

उक्त पक्राउ पुर्जी सुर्खेतको गुर्माकोट नगरपालिका-६, मेहेलकुना अस्पतालमा कार्यरत प्रमुख डा. सोमनाथ सापकोटाको जाहेरीका आधारमा जारी गरिएको थियो। जाहेरीमा सुनारले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

सुनारले अदालत परिसरमा गरेको तोडफोड र गैरकानुनी गतिविधिप्रति उच्च अदालत बार एसोसिएसन सुर्खेतले आपत्ति जनाएको थियो। बारले जारी गरेको प्रेस विज्ञप्तिमा “न्यायिक निर्णयमा असन्तुष्टि देखाएर अदालतको गेट तोडफोड र हुल हुज्जत गर्नु कानुनविरुद्धको कार्य” भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराइएको थियो । 

बार एसोसिएशनले न्यायालयको स्वायत्तता र निष्पक्षतामाथि आघात पर्ने गरी हुने हुल हुज्जतप्रति कडा शब्दमा विरोध जनाएको छ।

सुनारको कानुनी विवाद यत्तिमै सीमित छैन। नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसलापछि उनले अदालत परिसरमै हुल हुज्जत मच्चाएका थिए। उनले न्यायाधीशहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका र अदालतको गेटमा तोडफोडसमेत गरेको अभियोग छ।

सरकारमा मन्त्री बन्ने चर्चाबीच खगेन्द्र सुनारमाथि रहेका यी कानुनी विवाद र अदालतबाट जारी पक्राउ पुर्जीहरूले उनको पृष्ठभूमि विवादित बनाएको देखिन्छ।