काठमाडौँ । कोशी प्रदेशमा चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाको अगुवाइमा संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको छ।

सेनाको पूर्वी पृतना मुख्यालय र मातहतका युनिटहरूको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहभागितामा यो गस्ती प्रदेशका सबै १४ जिल्लामा सञ्चालन गरिएको हो।

विशेष गरी झापा, मोरङ र सुनसरीका संवेदनशील क्षेत्र, सीमा इलाका तथा सहरी क्षेत्रमा केन्द्रित यस अभियानले चोरी, लुटपाट र अन्य आपराधिक क्रियाकलापहरूमा कमी ल्याउन उल्लेखनीय योगदान पुर्याएको प्रशासन सैनिक स्रोतको भनाई छ ।

संयुक्त गस्तीका कारण चाडपर्वमा सर्वसाधारणले सुरक्षाको प्रत्याभूति पाएको र प्रदेशको समग्र शान्ति सुरक्षाको स्थिति अझ मजबुत बनेको बताइएको छ।








