२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चार मन्त्रीसमक्ष अनुरोध

अ+ अ-

काठमाडौँ । हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्‍याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ । 

हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीय वासीसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चार मन्त्री खरेलसँग भेट गरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

नाम्खा-६ स्थित लिमी क्षेत्र, नार्पा भूमि-१ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलको ज्ञापन पत्र ग्रहण गर्दै सञ्चार मन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र ‘इन्टरनेट’ सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पुर्‍याउन पहल गर्ने विश्वास दिलाएका छन्। देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदान–प्रदान, ‘डिजिटल’ भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उनले उल्लेख गरेका छन्। 

मन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।

सिमिकोटका राजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न तथा सञ्चारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चार मन्त्रीसमक्ष आग्रह गरिएको बताएका छन् । लिमी र लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरूमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ । 

पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

“हाम्रो मुख्य माग लिमी लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनुपर्छ भन्ने हो”, उनले भने, “बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्न हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई राहत मिल्नेछ ।”

नेपाल पत्रकार महासंघ हुम्लाका सदस्यसमेत रहेका रावतले आफूहरुको मागलाई सञ्चार मन्त्रीले सकारात्मक लिएको र आगामी दिनमा हुम्लालगायतका सबै ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे । ती क्षेत्रमा टेलिफोन र इन्टरनेटको सहजता भएमा पर्यटक लाभान्वित हुनेछन् । लिमी क्षेत्रमा झन्डै ६ महिना हिमपात हुने गर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।

लिमीका फुन्जोक छोपेल तामाङका अनुसार कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ । टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने तामाङले बताए ।

लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष छिरिङ नेक्याप लामाले भिसेट फोन सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित निकायमा ताकेता गरिदिन सञ्चार मन्त्रीसमक्ष अनुरोध गरे । कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूर उत्तर पश्चिममा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । 

यस्तै मनाङको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो तथा गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चार मन्त्रीलाई आग्रह गरे । उनका अनुसार ती क्षेत्रमा एक/एकवटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्क प्रालिसँग सम्झौता भएको छ । 

टेलिकम टावर र इन्टरनेट सेवा न्यून गुणस्तर तथा भरपर्दो नहुँदा पिएएमएस, इजिपी, सिसिआइएमएस, इआइएमएसलगायत अधिकांश सेवा अनलाइनमा आधारित हुनाका साथै ओटिपिसमेत मोबाइल नेटवर्कका कारण प्राप्त नहुने र दैनिक रिपोर्टिङ गर्नुपर्ने तथ्यांक अनलाइन प्रणालीमा प्रविष्टि गर्न कठिनाइ भइरहेको छ । 

अनलाइनका लागि पालिका केन्द्रदेखि दुई दिन हिँडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष लामाले दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार  सुविधा अति आवश्यक रहेकाले सोको व्यवस्थापनका लागि यथासम्भव फोरजीसहितको मोबाइल नेटवर्कका लागि शीघ्र पहल गरिदिन मन्त्री खरेलसमक्ष अनुरोध गरिएको बताएका छन् ।