२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

अ+ अ-

काठमाडौँ । भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । 

मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो । 

नेपाल-भारत सीमावर्ती भद्रपुर-५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजा स्थल निर्माण गरिएको छ । 

करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अर्घ्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले बताए । 

पूजा स्थल वरपर सुरक्षाको व्यवस्था नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त गस्तीमार्फत गरेका छन् भने विभिन्न सामाजिक संघ-संस्थाले मेलामा आएका भक्तजनका लागि नि:शुल्क पानी र चियाको व्यवस्था गरेका छन् । 

पछिल्ला वर्षमा भद्रपुर र भारतको गलगलियाका स्थानीय बासिन्दाले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेका छन् । चार दिनसम्म चल्ने यस पर्वमा तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुने परम्परा छ ।

मैथिल समाजका अग्रज गुप्ताका अनुसार जनसहभागिताका दृष्टिले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुर रहेको दाबी गरे । झापाको मेची, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काई नदी र रतुवा खोलाका किनारमा पनि भव्य रूपमा सजावटसहित छठपूजा गरिँदै आएको छ । तीमध्ये भद्रपुरस्थित मेचीघाटमा सर्वाधिक भीड हुने गरेको छ ।

यसैबीच, छठ पर्वको अवसरमा मेचीघाटस्थित छठी माता मन्दिर परिसरमा गंगा आरतीको विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त आरतीको शुभारम्भ भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरे ।