२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराइएको भन्दै संघले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराएकोप्रति नेपाल फुटबल खेलाडी संघले आपत्ति जनाएको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै अपुग निन्द्रामाथि खेलाडीलाई भोकै राखेर यात्रा गराउनुले एन्फाको खराब व्यवस्थापन पुनः एक पटक उदांगो भएको जनाएको छ ।

सोमबार साँझ भारतसँग खेलेको नेपाली टोली सिक्किममा मैत्रीपूर्ण खेल खेल्न जानका लागि मंगलबार बिहान ३ बजे नै विमानस्थल पुगेको थियो । खेलाडी संघले दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा आपत्ति जनाएको छ ।

‘खेलाडीको स्वास्थ्यभन्दा ठुलो कुनै खेल हुँदैन । एक त फिफाले नै दुई खेलबीच ७२ घण्टा विश्राम राख्नुपर्नेमा ४८ घण्टा भन्दा कम समयमा खेल राख्ने कुरामा हाम्रो आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

बागडोग्राबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर भोलिपल्ट नै खेल खेल्न लगाउनु मानवीय हिसाबले पनि सहि नभएको संघको तर्क छ । ‘शिलोंगमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा समेत एन्फाले कुनै कदम नचाल्नुले हामीलाई अचम्मित तुल्याएको थियो । तर यसपटक एन्फा आफ्नै नियन्त्रणमा भएको पक्षमा समेत अव्यवस्थित यात्रा गराउनु गम्भीर विषय हो,’ विज्ञप्तिमा उल्लेख छ ।

खेल बिहीबार भनिएपछि बुधबारका लागि सारिएपछि खेलाडी हतारहतार त्यसतर्फ लागेका हुन् ।