काठमाडौँ । आज सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका-९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पछि मृत फेला पारिएको थियो ।







