काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा शृङ्खलाबद्ध रूपमा गलाको सुनको सिक्री चोरी तथा लुटपाट गर्ने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका घर भएका २८ वर्षीय राज लामा, उदयपुरको ताप्ली गाउँपालिका-४ घर भएका २० वर्षीय दुर्गाबहादुर मगर, रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ घर भएका ४० वर्षीय गोविन्द सुनार, कैलालीको लम्कीचुहा नगरपालिका-७ का २२ वर्षीय दिपेश रसाइली छन् ।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो गिरोहले असोजदेखि यता एक महिनाको अवधिमा मात्रै ७ पटक सुनको सिक्री थुत्दै लुटपाट गरेको छ ।







