काठमाडौँ । १८ जना उपसचिवको सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
कर्मचारीको सरुवा गर्दा मन्त्रालयमा पछिल्लो समय आएका आठ जना उपसचिवलाई मन्त्रालयअन्तर्गत एकमुष्ट पदस्थापन गरेको जनाएको छ भने अवधि पुगेका र सरुवा हुन चाहेका उपसचिवलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
उद्योग विभागमा पठाउँदा दोहोर्याएर नपर्ने गरी सरुवा गरिएको र दुई वर्ष अवधि पुगेकाहरूलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । साथै, मागेको ठाउँमा भन्दा पीआईएसअनुसार अवसर नपाएकालाई व्यवस्थापन गरिएको मन्त्रालयको दाबी छ ।
हेर्नुहोस् को कहाँ ?







