काठमाडौँ। नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गर्दा गदै बेहोस भएर ढलेका गौतमको निधन भएको डिएसपी गणेश सापकोटाले जानकारी दिए ।
डिएसपी सापकोटाका अनुसार उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो तर अस्पतालले मृत घोषणा गरेको छ ।







