काठमाडौँ। जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठुलो मात्रामा पोसाक हराएका छन् ।
आन्दोलनको करिब डेढ महिनापछि डिआइजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोसाकतर्फ ठुलो क्षति भएको उल्लेख छ । जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोसाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।
जसमा ट्राफिक पोसाक, बर्दी, गर्भवती महिलाले लगाउने पोसाकहरू रहेको उल्लेख छ । जसमध्ये कति पोसाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ ।
गायब भएका पोसाकको मूल्यका बारेमा भने प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।







