२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीतिक संकट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन’: झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झालनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक संकट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित भेलामा उनले पार्टीलाई व्यापक पुनर्गठन गरी संगठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताए ।

पूर्व प्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्नेमा बताए। वामपन्थी शक्तिले पार्टीभित्रको आफ्ना वैचारिक दृष्टिकोण प्रष्ट गरी आन्तरिक विवाद हल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसपछि गरिने एकता दीर्घकालीन हुने विचार व्यक्त गरे ।

“मुलुकमा छरिएका कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिष्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ । वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ । त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रूपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ”, खनालले भने ।

उनले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गरिनु पर्ने धारणा राखे ।

पार्टी महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीमा विकृति र विसंगति फैलिएकाले  नेतृत्व हस्तान्तरणको कार्य योजनासहित वाम एकता गर्नुपर्ने बताए । उनले राजनीतिलाई सही दिशा निर्देश गर्न वामशक्ति एकताबद्ध हुन जरुरी रहेको र पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्ने उल्लेख गरे ।