२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो ।

सीटीइभीटीका अनुसार जलेका तथा नष्ट भएका उत्तरपुस्तिकाहरुको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ । परीक्षा ४ मंसिरबाट हुने बताइएको छ ।

सीटीईभीटीको कोशी र बागमती प्रदेश अन्तर्गतका डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको थियो । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको हो ।

कोशी प्रदेशका ५ वटा परीक्षा केन्द्रमा २४ वटा शिक्षण संस्थाको र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रमा ८० वटा शिक्षण संस्थाको  उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ । कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।

बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ ।

अन्य स्थगित परीक्षाहरू मिति कात्तिक ३० देखि मंसिर ३ गतेसम्म पूर्व निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गरिने छ ।

त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ । त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ ।

जलेकाको परीक्षा आगामी  मंसिर ४ र ५ गते परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ ।