२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भुसालले भने : ‘ओरालो लागेकाको एकताले निकास दिँदैन, जनतालाई झुक्याउँछ मात्रै’

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन् ।

कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए ।

बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लो पटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भुसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैँ ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’

एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो रु भनेर प्रश्न गरे ।

‘नेकपा एकीकृत समाजवादी नेकपा एमाले विद्रोह गरेर छुट्टिएको थियो । विभाजित हुँदा समयले हाम्रो काँधमा समाजवादको जिम्मा दियो भनेका थियौँ । त्यो के भयो रु,’ भुसालले सोधेका छन्, ‘त्यो पुनर्गठन र रूपान्तरणमा हामीले के गर्‍यौँ, गरेनौँ भनेर सामान्य समीक्षा समेत नगरेर फेरि त्यहाँ लगेर बुझाउनु भनेको के हो रु’

उनले अहिले हुन लागेको एकताले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै हुने जिकिर गरे ।

‘एकताका लागि बनेको भनेको दस्ताबेज हेरेँ, पढेँ । मुलुकमा आएको यत्रो दबाब, परिवर्तनलाई समेत सामान्य पनि ख्याल नगरी जुन बनाइएको छ, अहिलेको एकताले त्यसलाई बोल्दैन, यस्तो एकताले जनतालाई झुक्क्याउने, झुट बोल्ने मात्रै हुन्छ,’ भुसालले भने ।