काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिस्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लाने बताएका छन्।
माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन गरेर नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठुला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुन नसक्ने बताए।
उनले माओवादी अध्यक्ष प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको मिलनलाई लक्षित गर्दै ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो नचढिने उनको निष्कर्ष सुनाए।
पूर्णपाठ :







