२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्र राय यादवको दाबी : ‘पाण्डव ५ थिए, हामी १० भाइ छौँ, जित सुनिश्चित छ’

अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताएका हुन्।

उनले आज एकीकृत भएका दश राजनीतिक पार्टीलाई महाभारतका ५ पात्रसँग जोडेर चर्चा गरे। ‘महाभारतमा पाण्डव पाँच भाइ मात्र थिए,उनीहरूले कौरवलाई परास्त गरे’ उनले भने, ‘हामी आज दश भाइ जम्मा भएका छौँ। त्यसैले हाम्रो जित सुनिश्चित छ।’

अध्यक्ष यादवले अहिले देश संकटपूर्ण अवस्थामा रहेको भन्दै त्यसलाई उकास्न पनि सबै एकीकृत हुनु पर्ने आवश्यकता रहेको बताए।

विगतमा माओवादीसँग पार्टी एकताको पटक पटक छलफल भएको चर्चा गरेका यादवले महाधिवेशन आयोजना गरेका दिन म एकीकृत हुन आइपुग्छ भनेर प्रचण्डलाई भनेको सन्दर्भ कोट्याए। ‘मैले प्रचण्डजीलाई भनेको थिएँ, तपाईँहरूको महाधिवेशनका बेला म त्यहीँ आइपुग्छु। नभन्दै म अहिले यहाँ एकीकृत हुन आइपुगेको छु। म १८ वर्षपछि पुनः मार्क्सवादी हुन आइपुगेको छु।

कम्युनिष्ट पार्टीको विभाजनको मूल कारण आन्तरिक लोकतन्त्रमा आएको संकट भएको भन्दै उनले सामाजिक न्यायको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने र पार्टीभित्र भेदभाव हुन नहुने जिकिर गरे।

उनले देश बहुभाषिक र बहुधार्मिक भएको भन्दै पार्टीमा त्यस्तो चित्र झल्किएन भने पार्टी एकीकृत भइरहन नसक्ने चेतावनीसमेत दिए।

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पुर्‍याउनु पर्ने भन्दै जेन जेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए। जेन जेडले पुनः उठाएको यो मुद्दालाई अब प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेर उठाउनु पर्ने यादवको भनाइ छ।