२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्ध अपराध र कैदीलाई यातना दिएको आरोपमा पूर्वप्रहरी प्रमुख नाजिम पक्राउ

अ+ अ-

एएफपी । युद्ध अपराध र कैदीहरूलाई यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजीको सूचीमा राखेका पूर्व प्रहरी प्रमुख ओसामा अलमासरी नाजिमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

उनलाई बुधबार पक्राउ गरेको त्रिपोलीस्थित लिबियाली अभियोजकको कार्यालयले घोषणा गरेको हो । अभियोजनकर्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “त्रिपोलीको मुख्य कारागारमा यातना र क्रुर र अपमानजनक व्यवहारको सिकार भएका कैदी विरुद्ध मानवअधिकार उल्लंघनको बारेमा नाजिमलाई जानकारी संकलन गरिएको छ ।”

“अनुसन्धानकर्ताहरूले नाजिमसँग १० जना बन्दीहरूको कथित दुर्व्यवहारको बारेमा सोधपुछ गरेका थिए, जसमध्ये एकको ‘यातनाका कारण’ मृत्यु भएको थियो,” विज्ञप्तिमा भनिएको छ।

नाजिमलाई उत्तर अफ्रिकी देशमा सन् २०१५ देखि भएको युद्ध अपराधको आरोपमा आइसिसीको वारेन्टमा जनवरीमा इटालीमा पक्राउ गरिएको थियो तर रोमको अदालतको आदेशपछि उनलाई रिहा गरिएको थियो । उनलाई इटालियको वायुसेनाको विमानमा त्रिपोलीस्थित घर पुर्‍याइएको थियो।

उनको रिहाइ र स्वदेश फिर्तीपछि प्रधानमन्त्री जर्जिया मेलोनीसहित इटालीका शीर्ष अधिकारीमाथि अनुसन्धान सुरु भएको थियो । नाजिम फर्केपछि लिबियास्थित संयुक्त राष्ट्रसंघको नियोग (यूएनएसएमआइएल) ले अधिकारीहरूलाई  ‘उनलाई पक्राउ गरी पूर्ण जबाफदेहिता सुनिश्चित गर्न यी अपराधहरूको अनुसन्धान सुरु गर्न वा आईसीसीमा स्थानान्तरण गर्न’ आग्रह गरेको थियो।

लिबिया प्रधानमन्त्री अब्दुलहमिद डबैबाहको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त सरकार र पूर्वमा प्रतिद्वन्द्वी प्रशासनबीच विभाजित छ।

उत्तर अफ्रिकी देश सन् २०११ मा नेटोको समर्थन प्राप्त विद्रोहले लामो समयदेखि राष्ट्रपति रहेका मोहमर गद्दाफीको हत्या गरेपछि विभाजित भएको छ। लिबियाले मे महिनामा भनेको थियो, “उसले रोम विधानको पक्ष नभए पनि देशमा कथित युद्ध अपराधको अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को अधिकार स्वीकार गरेको छ।”

संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिफारिसमा आइसिसीले सन् २०११ देखि लिबियामा भएको ज्यादतीको अनुसन्धान गरिरहेको छ ।