२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन उद्घाटन, महालेखा नियन्त्रक पौड्‍यालद्वारा सेवा प्रारम्भ

अ+ अ-

मनाङ । कोष तथा लेखा नियन्त्रक कार्यालय, मनाङले आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। स्थापना कालदेखि हालसम्म जिल्ला सदरमुकाम चामेमा भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि नयाँ सरकारी भवनबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो। नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले एक विशेष समारोहका बीच उक्त भवनको उद्घाटन गरेका हुन्।

कोष नियन्त्रक सुवास अधिकारीको अध्यक्षता र महालेखा नियन्त्रक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, चामे गाउँपालिकाका अध्यक्ष, सह-महालेखा नियन्त्रक, सुरक्षाका निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सामाजिक विकास कार्यालय, मनाङका प्रमुख नारायण प्रसाद बाँस्तोलाले सञ्चालन गरेका थिए भने कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल खिल बहादुर कुमालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले नयाँ भवनबाट कार्यालयले अझ उत्साहका साथ, उच्च मनोबल र नैतिकतासहित कार्य गर्न सक्षम हुने विश्वास व्यक्त गरे। उनले जिल्लाका सबै सरकारी कार्यालयहरूलाई आफ्नै भवनबाट सेवा प्रवाह गर्न सहयोग र समन्वय गर्न प्रशासन कार्यालय सधैँ तत्पर रहने प्रतिबद्धता जनाए। साथै, उनले कर्मचारीहरूमा नवीन सोच, सृजनशीलता, व्यावसायिकता र प्रतिस्पर्धी क्षमताको आवश्यकता रहेको उल्लेख गर्दै नयाँ परिवेशअनुसार आफूलाई परिमार्जन गर्दै जनसेवामा केन्द्रित हुनुपर्ने निर्देशन पनि दिए।

त्यसैगरी, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र सह-महालेखा नियन्त्रक दिपक लामिछानेले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यालयको सफलताका लागि शुभेच्छा प्रकट गरे। कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक शोभाकान्त पौडेलले समयमै भवन निर्माण सम्पन्न गरेकोमा कोष तथा लेखा नियन्त्रक कार्यालय, मनाङ र निर्माण कम्पनीलाई धन्यवाद ज्ञापन गरे। उनले नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा कार्यालयलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गर्दै वित्तीय सुशासन कायम गर्दै छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।

महालेखा नियन्त्रक पौडेलले मनाङ जिल्लाको समग्र विकासमा नेपाल सरकारको निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रमका अध्यक्ष तथा कोष नियन्त्रक सुवास अधिकारीले नयाँ भवनबाट सेवा सञ्चालन सुरु हुनु कार्यालयका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले वित्तीय सुशासन कायम गर्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न नयाँ भवनले सहजता पुर्‍याउने विश्वास व्यक्त गर्दै तालुक निकायका निर्देशन र सेवाग्राहीका अपेक्षा पूरा गर्न सम्पूर्ण टोली प्रतिबद्ध रहेको जनाए।

नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालनसँगै मनाङ जिल्लामा वित्तीय पारदर्शिता र प्रशासनिक दक्षतामा नयाँ अध्याय सुरु भएको विश्वास गरिएको छ।