२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ सय बन्दुक बाहिर भएकै कारणले चुनावमा जान डराएको हो ? भन्दै दलहरूलाई कानुन मन्त्रीको प्रश्न

अ+ अ-

काठमाडौँ । कानुन मन्त्री अनिलकुमार सिन्हा फागुन २१ मा निर्वाचन हुने वातावरण सरकारले बनाइसकेको बताएका छन्।

नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दलसहित सबै एक ठाउँमा छलफलमा बस्नु नै चुनावको वातावरण बन्नु भएको उनको तर्क छ।

दलहरूलाई उनले भने, ‘तपाईँहरूले ५२ सालदेखिको जनयुद्ध फेस गर्नुभयो। जुनसुकै बेलाको गोली चल्न सक्थ्यो। त्यो बेलाको वातावरण र आजको वातावरणलाई एक पटक तुलना गरेर हेरौँ त। अहिले ५ हजार कैदी बाहिर छन्, सानातिना चोरी गर्नेहरू होलान्। हतियार कति बाहिर छन् भन्ने सङ्ख्या थाहा छैन। तर हजार भन्दा कम नै छन् भन्ने बुझेको छु।’

उनले अहिले राति १२१ बजे सहजै बाहिर हिँड्न सक्ने अवस्था रहेको जिकिर गरेका छन्।

उनले थपे, ‘के आजको दलहरू ५ सय बन्दुक बाहिर छ भनेकै कारणले डराएर चुनावमा जान सकिन्न भनेको हो भने मलाई विश्वास लाग्दैन। कसै कसैको भाष्य होला।’

उनले राजनीतिक दल र स्वतन्त्र व्यक्तिहरूले नै चुनावको वातावरण बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्।