काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णालीले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका पाँचौँ तहका रिक्त पदहरूको माग प्राप्त नभएकाले विज्ञापन प्रकाशित गर्न नसकेको जनाएको छ।
आयोगले आ.व. २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यतालिका अनुसार प्रदेश निजामती सेवा र स्थानीय सेवाका पाँचौँ तह (अप्राविधिक र प्राविधिक) तर्फका पदहरूमा २०८२ कार्तिकको अन्तिम मंगलवार आजसम्म विज्ञापन प्रकाशित गर्ने योजना बनाएको थियो। तर, सम्बन्धित कार्यालयहरूबाट ती तहका रिक्त पदहरूको माग प्राप्त नभएकाले विज्ञापन प्रकाशन स्थगित गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार, हिजो बसेको बैठकले पदपूर्तिसम्बन्धी माग प्राप्त नभएसम्म विज्ञापन नखोल्ने निर्णय गरेको छ।








