२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ? भन्दै गगनलाई जीतजंगको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता जीतजंग बस्नेतले महामन्त्री गगनकुमार थापालाई विशेष महाधिवेशनका नाममा संगठन कब्जा गर्न खोजिएको आशंका गरेका छन् ।

बुधबार सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सनाखत गर्ने जिम्मेवारी महामन्त्री थापाले पनि लिनुपर्ने भन्दै संगठन कब्जा गर्न खोजेको त होइन भनेर प्रश्न गरे ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सनाखत अनिवार्य छ, महामन्त्रीले पनि यो जिम्मेवारी लिनुपर्छ,’ केन्द्रीय सदस्य बस्नेतले प्रश्न गरे, ‘सजिलै संगठन कब्जा गर्न सोचेको त होइन ? सजिलै कब्जा हुन्छ त ?’

उनले पार्टीमा आफूहरूको पनि रगत–पसिना र त्याग–समर्पण मिसिएको जिकिर गरे । नेता बस्नेतले अहिलेको प्राथमिकता नेतृत्व परिवर्तन नभएर पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीको पुनरावलोकन भएको पनि बताए ।

‘आजको प्राथमिकता नेतृत्व परिवर्तन होइन, पार्टीको नीति, कार्यक्रम र सञ्चालन प्रणालीमा पुनरावलोकन हो,’ बस्नेतले प्रश्न गरे, ‘विशेष महाधिवेशन भन्नेहरूसँग प्रश्न कुन नियमावली ? कुन कार्यविधि ? कसरी व्यवस्थापन गर्ने ?,’

उनले बैठकमा नियमित महाधिवेशन कसले रोकेको भनेर पनि प्रश्न गरेका छन् ।

‘क्रियाशील सदस्य छानबिन समितिको संयोजक स्वयं महामन्त्रीज्यू, तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन ?,’ बस्नेतले भने, ‘यदि मंसिरमा महाधिवेशन सम्भव छ भने तालिका ल्याउनुहोस् । तर, तालिका ल्याउनुअघि क्रियाशील छानबिन, वितरण, दोस्रो चरणमा वार्डदेखि तहगत अधिवेशन । अनि अन्त्यमा केन्द्रीय अधिवेशन, यही व्यवस्थित क्रमअनुसार अघि बढ्नुपर्छ ।’

महामन्त्री थापाले १८ कात्तिकमा प्रस्ताव गरेका महाधिवेशनको कार्यतालिकामा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै नभएको उनले बताए ।

‘महामन्त्रीज्यूले प्रस्तुत गर्नुभएको पुसमा महाधिवेशन गर्ने प्रस्तावमा प्रदेश र जिल्ला अधिवेशनको तालिका नै छैन,’ उनले भने, ‘त्यसैले पुसमा महाधिवेशन गर्नु असम्भव छ भन्ने कुरा स्वयं महामन्त्रीको प्रस्तावले नै पुष्टि गर्छ ।’