२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन्

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन् ।

जेन जेड आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण अनशन बसिरहेका छन् ।

उनलाई भेट्न स्वास्थ्य मन्त्री शर्मा आज माइतीघर पुगेकी हुन् । मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन् ।

जेन जेड आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले २६ कात्तिकदेखि सिंहले माइतीघरमा आमरण अनशन सुरु गरेको हुन् ।

जेन जेडले २३ भदौको गरेको शान्तिपूर्ण आन्दोलनमा गोली हानी हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्दामा कारबाही अगाडि बढाउन उनले माग राखेका छन् ।

साथै उनले जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेन जेड आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकूत आर्जन गर्नेलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग उनले राखेका छन् ।

यसैगरी अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीका लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ ।