२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँ’: मुख्यमन्त्री बानियाँ

अ+ अ-

भक्तपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका लागि एक हजार घर निर्माण भइरहेको बताएका छन् ।

आज आयोजित कार्यक्रममा उनले बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेशभरिका एक हजार गरिब तथा विपन्न नागरिकका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने योजना अघि बढाएको बताएका हुन् । 

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार गरिब मुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी प्रदेश बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउँदै घर निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए । त्यस्ता परिवारलाई घरसँगै आयआर्जनका लागि किस्ताबन्दीमा रु. दुई लाखसम्म सहयोग उपलब्ध गराउने पनि बताए ।

मुख्यमन्त्री बानियाँले भने, “गरिब, विपन्न, असहायका लागि प्रदेश सरकारले एक हजार घर निर्माण गरेर हस्तान्तरण गर्नेछ । त्यसका लागि प्रक्रिया अगाडि बढाएको छ । ती परिवारलाई गरिखाने व्यवस्थापनका लागि दुई किस्तामा गरी रु. दुई लाखसमेत प्रदान गर्ने तयारी छ । त्यो पैसाले बाख्रा पालन वा अन्य कुनै व्यवसाय गर्नुपर्नेछ, पहिलो किस्तामा रु एक लाख र व्यवसाय सुरु गरेपछि अर्को किस्ता दिनेछौँ ।”

उनले सरकारले गरिब तथा विपन्न बालबालिकालाई नि:शुल्क पढाउने व्यवस्थासमेत गर्ने भन्दै  आर्थिक अवस्था कमजोर भएकै कारण पढाइबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था गर्ने लागिएको जनकारी दिए । मुख्यमन्त्री बानियाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी संघीय सरकारको भएको बताए ।