१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी, ३० लाख बढी क्षति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसलमा आगजनी भएको छ । प्रहरीका अनुसार आज बिहान करिब ३ बजे चौधरीको पसलमा आगजनी गरिएको छ । शान्ता चौधरी तीन दिन अघि शुक्रबार वीरेन्द्रनगर-६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन् । आगजनी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारवाही गर्न माग गरेकी छन् ।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारवाहीका लागि अनुरोध गर्दछु।’

आगजनीको घटना शंकास्पद हुने सक्ने नेतृ शान्ताको भनाइ छ । तर, आगो उद्योगबाटै लागेको प्रहरीले जनाएको छ । पहिले शान्ताको पसलसँगै रहेको बेबी शपमा विद्युत् सट भएर आगो लागेको र पछि शान्ताको पसलमा सोही आगो सल्किएको सुर्खेत प्रहरीले जनाएको छ । आगजनीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।