१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश ज्वालाको दाबी-‘ओलीले सुध्रिने प्रतिबद्धता जनाएको भए धेरै मान्छे एमालेमा फर्किने थिए’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेकाले माओवादीसँगको एकतामा जानु परेको भन्दै दिग्दारी व्यक्त गरेका छन् ।

तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता ज्वालाले माओवादीसँगको एकता रहर नभई बाध्यताले भएको संकेत गरेका छन् ।

उनले माओवादीसँगको एकताअघि एमालेमा फर्किन आफूले छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दु:खेसो पोखे । ‘एमाले फर्किन मैले एमालेका केही साथीहरूसँग छलफल पनि चलाएको हुँ,’ उनले भने, ‘तर, एमालेबाट रेस्पोन्स नै भएन ।’

केपी ओली निकै अंहकारी भएको टिप्पणी गर्दै नेता ज्वालाले ओलीले आफू सुध्रिने प्रतिवद्वता मात्रै जनाएको भए तत्कालीन नेकपा एसका धेरै नेता उतिबेलै एमालेमा फर्किन तयार भएको बताए ।

‘ओली सुध्रिने प्रतिवद्वता मात्रै खोजेका थियौँ, उनले प्रतिवद्धता पनि गरेनन्,’ उनले भने, ‘उनले सुध्रिने प्रतिवद्वता जनाएको भए धेरै नेता एमालेमा फर्किने थियौँ ।’ ओलीले बेवास्ता गरेपछि माओवादीसँगको एकतामा गएको उनको भनाई छ ।