२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २४ को आगजनी नियन्त्रणमा ललितपुर महानगरको दमकलले महत्वपूर्ण भूमिका निभाएको चिरीबाबु महर्जनको दाबी

अ+ अ-

काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेन जेड आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहहरूको बारेमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेन जेड आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिएका छन् ।

उनले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा भइरहेको जिकिर गरेका छन् ।

प्रमुख महर्जनले अहिले महानगरसँग फर्मसहितको अत्याधुनिक दमकल रहेको जानकारी दिए । उनले विपद्को समयमा ललितपुरमा मात्रै सीमित नगरी अन्य जिल्लाहरूमा समेत दमकल परिचालन गरिएको बताए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले विपद्का समयमा नजिकका नगरसँग सहकार्य गर्दै अघि बढ्न जरुरी भएको बताए। आवश्यक परेको खण्डमा एउटा नगरको नगर प्रहरीलाई अर्को नगरमा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।