काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा एमाले एक्लो पर्नुको कारण खोजिनु पर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान मधेशमा एमालेको स्खलनबारे व्याख्यासहित टिप्पणी गरेका हुन् ।
भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् मधेशमा एमाले बलियो बनाउन लागेका बेला कसले किन खेलबाड गरेर एमाले एक्लो भयो, समीक्षा होस् ।’
मधेशमा नयाँ जिम्मेवारीका साथ गएर पार्टी निर्माण जरुरी भएको सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, ‘सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’







